नेपालमा पहिलो पटक स्थलमार्ग हुँदै हेलिकप्टर आयात

काठमाडौं-नेपालमा पहिलो पटक स्थलमार्ग हुँदै हेलिकप्टर आयात गरिएको छ । चीनबाट सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार नाका हुँदै हेलिकप्टर नेपाल ल्याइएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले हेलिकप्टर भन्सारमा आइपुगेको पुष्टि गर्नुभयो । यद्यपि, भन्सार जाँचपासको प्रक्रिया भने बाँकी रहेको र आवश्यक सबै कागजात पूरा भएपछि मात्र अगाडि बढ्ने उहाँले बताउनुभयो ।
बाइ रोड कन्टेनरमा ढुवानी, लागत ४ करोडभन्दा बढी
तातोपानी भन्सार व्यवस्थापनको ठेक्का लिएको सिल्क ट्रान्स कम्पनीका शाखा प्रमुख अनिरुद्र थापाका अनुसार यो हेलिकप्टर माउन्टेन हेलिकप्टरर्स कम्पनीले चीनबाट खरिद गरी बाइ रोड कन्टेनरमा ल्याएको हो । हिजो मात्रै यो नेपाली सिमानामा प्रवेश गरेको छ । थापाले भन्सार प्रक्रिया पूरा भएपछि केही दिनमै उडाएर काठमाडौँ लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । हेलिकप्टरको भन्सार शुल्क चार करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ । एयरबस कम्पनीको हेलिकप्टर पर्यटन प्रयोजनका लागि
आयातकर्ता कम्पनी माउन्टेन हेलिकप्टर्सका रामचन्द्र भुसालले आज हेलिकप्टरको भन्सार जाँचपास गरिने बताउनुभयो भुसालका अनुसार सो हेलिकप्टर एयरबस कम्पनीको हो र यसलाई विशेष गरी पर्यटन प्रयोजनका लागि ल्याइएको हो । एयरबसको हेलिकप्टर उत्पादन प्लान्ट चीनको तियाजिन सहरमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार