सोलुखुम्बु-सोलुखुम्बुको सदरमुकाम नजिकै रहेको फाप्लु विमानस्थलमा १७ दिन पछी उडान भएको छ । आज बुधबार नेपाल एयरलाइन्सको जहाजले उडान भरेको हो ।
काठमाण्डौबाट फाप्लु आउदा १२ जना र फर्किदा १० जना यात्रु लिएर फर्किएको नेपाल नागरिक उड्डन प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत आयुस थापाले बताउनुभयो ।
गत जेठ २६ गतेदेखी मौसम प्रतिकुलता हुँदा उडान हुन सकेको थिएन । नेपाल एयरलाइन्सको जहाजले फाप्लु विमानस्थलमा हप्ताको ४ दिन सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान भर्ने तालिका रहेको छ ।
हप्ताको ४ दिन उडान भर्ने तालिका रहेको भए पनि मौसम प्रतिकुल हुँदा नियमित उडान नहुँदा सोलुखुम्बु बासी मारमा पर्ने गरेका छन् ।



















Discussion about this post