रामेछापकी महिला नक्कली गहना धितोमा ऋण लिन आउँदा परिन् प्रहरीको नियन्त्रणमा

रामेछाप-रामेछापको लिखु तामाकोसी गाउँपालिकाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका ६ घर भई हाल भक्तपुरको राधे राधे बस्दै आएकी ४२ वर्षीया दिलमाया मगरलाई प्रहरीले पक्राउ गरेको हो।
मगरले काठमाडौँको बुद्धनगरस्थित सुनचाँदी पसलमा नक्कली सुनका गहना राखेर गत असार १० गते ११ लाख रुपैयाँ ऋण लिएकी थिइन् । तर उनले बिल भने सुनचाँदी पसलबाटै बनाएको पेस गरेकी थिइन् ।

फेरि अझै थप पैसा आवश्यक परेको भन्दै असार १५ गते दिउँसो अझै ऋण आवश्यक परेको भन्दै थप गहना लिएर जाँदा उनलाई प्रहरीले पक्राउ गरेको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिनुभयो ।

उहाँको जानकारी अनुसार प्रहरी वृत्त वानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई ठगी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ ।
उनले प्रहरीको पोसाक प्रयोग गरी नक्कली प्रहरी बनेर विभिन्न व्यवसायीहरूलाई डर त्रास देखाउने काम समेत गरेको प्रहरीको दाबी छ । उनको साथबाट प्रहरीले पहेँलो धातुबाट बनेका माइली तिलहरी १२ थान, छड्के तिलहरी १६ थान, विभिन्न सुनचाँदी पसलका बिलहरू १७ थान समेत बरामद गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार