लिखुपिकेमा विभिन्न व्यक्तिले पाए सम्मान

सोलुखुम्बु-लिखुपिके गाउँपालिकाको चालु आर्थिक बर्षको बार्षिक स्विकृत कार्यक्रम अनुसार पालिका स्तरीय सम्मान तथा पुरस्कार वितरण लिखुपिके गाउँ पालिकाले आइतवार सम्पन्न गरेको छ।

उत्कृष्ट कृषकहरुमा ओखर र स्याउ तर्फ १ नं. वडा निवासी आङ कामी शेर्पा, फलफुल तर्फ २ नं. वडा निवासी इन्द्र बहादुर खड्का, अलैचि उत्पादन तर्फ ३ नं. वडा निवासी टिका बहादुर बस्नेत, ४ नं. वडा निवासी विर बहादुर कार्की र भक्त बहादुर कार्की, चिया तर्फ ५ नं. वडा निवासी जाङबु शेर्पालाई सम्मान-पत्र सहित आठ हजार नगद प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। त्यस्तै उत्कृष्ट उपभोक्ता समिति तर्फ १ नं. वडाबाट रासिन्दु र थातिङ सडक सोलिङ समिति, २ नं. वडाबाट यर्माखु धारा निर्माण समिति, ३ नं. वडाबाट बुढाथोकी मोडदेखी मञ्‍जुश्री आ.वि. सम्म गोरेटोबाटो निर्माण समिति, ४ नं. वडाबाट सुवेदि तेर्सो र सेर बहादुरको घर माथि सडक सोलिङ समिति र ५ नं. वडाबाट काङरिङ छोलिङ गुम्बा दियोघर निर्माण समितिहरुलाई सम्मान-पत्र सहित प्रत्येक समितिलाई पाँच हजार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

लिखुपिके गाउँपालिका अन्तर्गत सबै भन्दा बढि राजश्‍व संकलन गर्ने १ नं. वडा कार्यालयलाई कदर पत्र, स्वास्थ्य सेवा अन्तर्गत स्वयंसेविका पदमा २०४७ साल देखि निरन्तर रुपमा सेवा प्रदान गरि अनिवार्य अवकाश हुनु भएका स्वास्थ्य स्वयंसेविकाहरु डोर कुमारी दाहाल, लक्ष्मि बस्नेत र फुरदिकी शेर्पालाई दोसल्ला, सम्मान-पत्र सहित जननी पचास हजार उत्कृष्ट कर्मचारीहरु रवि राई, गोविन्द बस्नेत र राजु कार्कीलाई सम्मान पत्र सहित पाच हजार र ७ जना विपन्न अपाङ्ग विद्यार्थिहरुलाई जननी सात हजार त्यस्तै २ जना IT (Information Technology) अध्ययनरत विद्यार्थिहरु सातौँ सेमेस्टरमा अध्ययनरत लिखु पिके वडा न २ का निरन बस्नेतलाई दुई लाख र तेस्रो सेमेस्टरमा अध्ययनरत लिखुपिके २ कै सुरेन बस्नेतलाई एक लाख छात्रवृत्ति प्रदान गरिएको पालिकाले जनाएको छ। साथै लिखुपिके गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रेख राज बस्नेत अनिवार्य अवकाश हुनु भएको हुदाँ बाकि जिवन सुख शान्तमय बितोस भनि शुभकामना सहित उहाँले गाउँपालिकामा दिनु भएको अमुल्य योगदानको उच्च कदर गर्दै स-धन्यवाद सहित सम्मान-पत्र प्रदान गरिएको थियो ।

लिखुपिके गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद पराजुलीको सभाध्यक्ष, प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, बिशेष अतिथि उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा , ५ वटै वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , पुर्व वडा अध्यक्ष,पार्टि प्रतिनिधि, पत्रकार, कर्मचारी, तथा अन्य व्यक्तित्वको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार