मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सोलुखुम्बुका आङ छिरिङ शेर्पा सम्मानित

सोलुखुम्बु-मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट आङ छिरिङ शेर्पा सम्मानित भएका छन् ।शनिबार मदन भण्डारी फाउण्डेसनले जननेता भण्डारीको ७४औं जन्मजयन्तीमा जलवायु परिवर्तका क्षेत्रमा योगदान पुयाएको भन्दै शेर्पालाई सम्मानित गरेको हो । शेर्पालाई एक लाख रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो । ७२ वर्षीय शेर्पा वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् । पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका ४ खुम्जुङ गाउँका बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार