मकवानपुरमा खुर्पा प्रहारबाट पुरुषको मृत्यु

हेटौँडा-मकवानपुरमा खुर्पा प्रहारबाट एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा खुर्पा प्रहारबाट स्थानीय ५७ वर्षीय रामबहादुर वाईबाको मृत्यु भएको हो । खुर्पा प्रहारबाट गम्भीर घाईते बागमती गाउँपालिका–९ बेतिनीका वाईबाको आज बिहान उपचारका क्रममा मृत्यु भएको डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
वाईबालाई बेतिनीस्थित स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगी बाराको निजगढ नगरपालिका– ३ घर भएका ३५ वर्षीया कुमार थापाले खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ । घटना लगत्तै थापालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको डिएसपी अर्यालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार