सोलुखुम्बुमा ५ दिने आधारभुत पत्रकारीता तालिम सुरु

सोलुखुम्बुः नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुको आयोजनामा ५ दिने आधारभुत पत्रकारिता तालिम आजबाट शुरु भएको छ ।सोलुखुम्बु उधोग बाणिज्य संघको सभाहलमा संचालन भइरहेको तालिमको आज एक समारोहका बिच उद्घाटन गरिएको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष शुवास दर्नालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन सत्रमा शु्भकामना मन्तब्य ब्यत गर्दै नेपाल पत्रकार महासंघ सोलुखुम्बुका पुर्ब अध्यक्ष मनोकुमार श्रेष्ठले पत्रकारहरु सक्षम र सवल भए मात्र देशको बिकाश हुने भएकोले पत्रकारहरुले सत्य तथ्य र निष्पक्ष तरिकाले आवाज उठाउन आग्रह गर्नुभयो ।वहाले असल पत्रकारीताको माध्यमबाट जनताको आवाजलाई सरोकारवाला सम्म प¥याउन सके समृद्दि सम्भव रहेको बताउनु भयो । । कार्यक्रममा नेपाल प्रेस युनियन केन्द्रीय सदस्य भानुभक्त निरौलाले पत्रकारीता पेशा भएकोले मर्यादित रुपमा गर्न सके रोजगारी सृजनामा समस्या नरहेको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले पत्रकारको कार्यकुशलता ,लगनशिलता र निश्पक्षताले समाजलाई अगाडी डोहो¥याउने भएकोले पत्रकारीताका सिद्दान्तमा रहेर अगाडी बढ्न आग्रह गर्दै समाज रुपान्तरणमा सकृय भएर लाग्न आग्रह समेत गर्नु भयो ,कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य अमृता बि.क.ले पनि शुभकामना व्यक्त गर्नु भएको थियो । तालिममा २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ। तालिमको सहजिकरण स्थानीय संचार माध्यममा कार्यरत पत्रकारहरुबाट भईरहेको छ । तालिम असार १६ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । (समाचार स्रोत सोलु एफएम)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार