सोलुखुम्बुको नेचासल्यान फेदीबाट छुटेको यात्रुबाहक बोलेरो जीप (ना.१.ज.४८०३) ओखलढुंगाको ठाडे भन्ने स्थानमा ट्रकसँग ठोक्किँदा सवारी दुर्घटना भएको छ।
दुर्घटनामा जीपको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको देखिन्छ। दुर्घटना भएको स्थानको तस्बिरमा गाडीको अगाडि भाग चकनाचुर भएको स्पष्ट देखिन्छ।
हाल सवारीमा कति जना यात्रु थिए र घाइतेहरुको अवस्था कस्तो छ भन्नेबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन। थप विवरण आउन बाँकी छ।



















Discussion about this post