सोलुखुम्बुको तिङ्लामा करेन्ट लागेर गम्भीर घाइते भएका बस्नेतको निधन

सोलुखुम्बु-सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा करेन्ट लागेर गम्भीर घाइते भएका रविन बस्नेतको निधन भएको छ । सोलुदुधकुण्ड नगरपालिका ७ भित्तार्खकका अन्दाजी वर्ष ३५ का बस्नेतको निधन भएको हो ।

सोलुदुधकुण्ड नगरपालिका ११ घुन्सा नुनथलामा आज शनिबार दिउँसो राष्ट्रिय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मर मर्मतको क्रममा बस्नेतलाई करेन्ट लागेको थियो। बस्नेतलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको थियो ।

उपचारको क्रममा उनको अपराह्रन ४ः१५ तिर निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुुखुम्बुका प्रहरी निरीक्षक सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो । बस्नेत नेपाल विद्युत प्राधिकरणकै कर्मचारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार