सोलुखुम्बु-लिखुपिके गाउँपालिकाको पालिका स्तरीय सर्वाजनिक सुनुवाई कार्यक्रममा हालसम्मको उपलब्धि सार्वजनिक गरिएको हो । पालिका अध्यक्ष मिना कार्की बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा हालसम्मको सेवा प्रवाह र विकास निर्माण सम्बन्धि छुट्ट छुट्टै प्रगति विवरण पेश गरिएको थियो ।
उक्त सर्वाजनिक सुनुवाई कार्यक्रममा पालिका अध्यक्ष बस्नेतले पालिकाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरेको भन्दै प्रशासनिक भवन निर्माण र अस्पताल निर्माण रहेको बताउनु भयो ।

पालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले आफुहरुले ईमान्दारी पुर्वक काम गरिरहेको भन्दै पालिका पारदर्शी, जबाफदेही र शुसासन कायम गर्न सफल भएको बताउनु भयो । पालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्निप्रसाद पराजुलीले सेवा प्रवाह अब्बल रहेको भन्दै आफुहरु जनमैत्री सेवामा प्रतिबद्ध रहेको धारणा राख्नु भयो । विषयगत शाखा प्रमुखहरुले आ–आफ्नो शाखाको हालसम्मको प्रगति पेश गरेका थिए ।

आर्थिक प्रशासन शाखा प्रमुख राजकुमार खत्रीले हालसम्मको आय ब्ययको विवरण प्रस्तुत गर्दै चालु र पुँजिगत समेत गरि ५५ प्रतिशत वित्तिय प्रगति भएको जानकारी दिनुभयो । कुल २८ करोड ३६ लाख बजेट मध्ये हालसम्मको चालु तर्फ ६३ प्रतिशत र पुँजिगत ४२ प्रतिशत खर्च भएको लेखा प्रमुख खत्रीको विवरणमा उल्लेख छ ।
कार्यक्रममा पाँचवटै वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु समेत उपस्थित रहेको थियो l कार्यक्रममा सहभागि जनताहरुले शिक्षा, स्वास्थ्य, कृषि र समसामयीक विषयमा प्रश्न, जिज्ञासा र सुझाब राखेका थिए । नागरिकले उठाएको जिज्ञासा गुनासा लाई गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद पराजुलीले जवाफ दिनुभएको थियो कार्यक्रम लिखुपिके गाउँपालिकाको वडा नम्बर १ साफेमा भएको हो ।




















Discussion about this post