सर्वोच्च बार भन्छ – शम्भु थापामाथि पत्रकारले दुव्र्यवहार गरे

सोलुखुम्बु:सर्वोच्च अदालत बार एशोसियसनले वरिष्ठ अधिवक्ता शम्भु थापामाथि पत्रकारले दुव्र्यवहार गरेको भन्दै भत्र्सना गरेको छ।एशोसियसनका महासचिव रमणकुमार कर्णले शुक्रबार विज्ञप्ति जारी गर्दै कानुनी कर्तव्यप्रति उदासीन हुने छुट कोही कसैलाई नभएको जिकिर गरेका छन्।
‘पत्रकारिता पेसाको संवेदनशीलता र जिम्मेवारी समेतलाई केन्द्रमा राखी पेशागत कार्य गर्दा वा गरिएका बखत व्यक्तिको व्यक्तिगत प्रतिष्ठा र गोपनीयताको अधिकार हनन् नहुने तवरले संयमित एवं मर्यादित भएर मात्र गर्नुहुन यो बार सरोकारवाला सबैको ध्यानाकर्षण गराउँदछ।’ विज्ञप्तिमा भनिएको छ। बिहीबार साँझ नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयबाट बाहिरिँदै गर्दा वरिष्ठ अधिवक्ता थापाले अनुमति नलिइ किन तस्विर लिएको भन्दै पत्रकारको क्यामेरामा हानेका थिए।उनको यो व्यवहारको सर्वत्र आलोचना भएपछि सर्वोच्च बार उनकै बचाउमा उत्रिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार