तिलगङगा आँखा प्रतिष्ठान र लिखुपिके गाउँ पालिकाको दुईपक्ष लागत साझेदारीमा संचालित, लिखुपिके ग्रामीण आँखा केन्द्र, लिखुपिके गाउँ पालिकामा पुनः सन्चालनमा आएको छ ।
१० लाख बराबरको उपकरण व्यवस्थापनमा केन्द्र स्थापना गरिएको ग्रामीण आँखा केन्द्र मा केही समय अगाडिबाट कर्मचारीको अभावको कारण केन्द्रले आँखाका बिरामीहरूलाई सेवा दिन सकिरहेको थिएन। नयाँ कर्मचारीको रूपमा नेत्र सहायक योगेश मिश्र आएसँगै सोमबारबाट सेवा सुचारु भएको स्वास्थ्य शाखा निमित्त सहायक प्रमुख जगेन्द्र बस्नेतले सिधा प्रेसलाई जानकारी दिनुभयो।
साथै उहाँले लिखुपिके गाउँपालिका त्यसैगरी ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिका लगायत आसपासका आँखाका बिरामीहरूले आँखा जाँच गरी फाइदा लिन सक्ने जानकारी समेत दिनुभयो।



















Discussion about this post