सोलुखुम्बुःसोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशमै पहिलो कम बेरुजु आउने पालिका बनेको छ । महालेखा परीक्षकको कार्यालयको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशमै पहिलो पालिका बनेको हो । नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा १ अर्व ५८ करोड २२ लाख ४५ हजार रुपैयाँ बराबरको बजेटको लेखा परिक्षण गराएकोमा जम्मा १ लाख २१ हजार ८ सय रुपैयाँ बेरुजु आएको हो जुन कुल बजेटको ० दशमलव ०१ हुन आउँछ । यस्तै देशैभरको ७ सय ५३ स्थानीय तह मध्ये सोलुदुधकुण्ड नगरपालिका दोश्रो भएको छ ।
सबैभन्दा कम बेरुजु पु¥याएर नगरपालिका देशभरमै दोश्रो बनेको हो । कम बेरुजु पु¥याउने पालिकामा नगरपालिका परेपछि नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले विज्ञप्ति मार्फत यो उपलब्धि संयोग नभएर सक्षम जिम्मेवार र जन प्रतिबद्ध जनप्रतिनिधि भएको उपजको रुपमा व्याख्या गर्नुभएको छ ।



















Discussion about this post