पाँचसय ब्यक्ति अट्ने चन्द्रज्योती समीक्षा हल हस्तान्तरण

सोलुखुम्बु:लिखुपिके गाउँपालिका वडा न ५ भकान्जेमा निर्माण भएको चन्द्रज्योती समीक्षाहल उदघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । हिमालयन प्रोजेक्ट डेनमार्क र ५ न. वडा कार्यालय , भकान्जेको आर्थिक तथा प्राबिधिक साझेदारीमा निर्मित चन्द्र ज्योति समिक्षाहलको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम वडा न ५ का वडा अध्यक्ष ङिमाछिरी लामाको अध्यक्षता तथा सोलु दुधकुण्ड नगर पालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यता ,हिमालयन प्रोजेक्ट डेनमार्कका अध्यक्ष कुर्ट लम्बर्ग (पपाकुर्ट) को विशेष आतिथ्यता
साथै लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत ,उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा, वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेत , ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत, हिमालयण प्रोजेक्टकि कार्यकारी निर्देशक जानकी खड्का लगायत वडा न ५ का वडा सदस्य लगायत वडाबासिहरुको उपस्थितिमा समीक्षा हल उदघाटन तथा हस्तान्तरण भएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै हिमालयन प्रोजेक्ट डेनमार्कका अध्यक्ष कुर्ट लम्बर्ग (पपाकुर्ट)ले उक्त समीक्षाहल चन्द्रज्योती माध्यमिक बिद्यालयको समित्वमा रहेता पनि यो हलमा जुनसुकै बिबाहा, पाट्रि , गोष्ठी , राजनीतिक कार्यक्रम बढि भन्दा बढि गर्न पाउने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्नुहुँदै हिमालयन प्रोजेक्ट नेपालको कार्यकारी निर्देशक तथा भकान्जे टिस्टेट संचालक समितिकी सचिव जानकी खड्काले कोरोणा भाइस सक्रमणको मुख्य समयमा यो हल निर्माण भएकोले निर्माण कार्यमा ठूलो समस्या भोग्नुपरेको बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै लिखुपिके गाउँपालिका वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेतले गाउँपालिका भरिकै ठूलो समीक्षा हल निर्माण गरेकोमा सहयोगी संस्थालाई धन्यवाद ब्यक्त गर्नुभयो । त्यस्तै वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले कुनै समय यो सभाहलमा गाउँपालिका अन्य कार्यक्रमहरु संञ्चालन हुने बताउनुभयो ।

त्यस्तै प्रमुख अतिथी समेत रहेका सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख तथा , हिमालयण प्रोजेक्टका पुर्ब कार्यकारी निर्देशक नाम्गेल जाङ्बु शेर्पाले लिखुपिकेको भकान्जेको बिकास समृद्विको लागि लामो समय सम्म लागेको र आगामी दिनमा पनि संस्था सँग जोडियर थुप्रै काम गर्ने बताउनुभयो ।
त्यस्तै लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले आगामी दिनमा गाउँपालिकाको विभिन्न कार्यक्रमहरु पनि यस हलमा गर्ने प्रतिबद्धता सँगै सहयोगी संस्थालाई धन्यवाद दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले गाउँपालिकाकै सबैभन्दा धेरै भकान्जेबासी भाग्यमानी रहेको बताउँदै उक्त हललाई बढिभन्दा बढि प्रयोगमा ल्याउन आग्रह गर्नुभयो ।
उक्त समिक्षाहलको चाबी जिम्मा लिनुहुँदै चन्द्रज्योती माध्यामिक बिद्यालयका प्रधानध्यापक लाक्पा शेर्पाले करिब १ करोडको लागतमा बनेको भबण चन्द्रज्योती माबिलाई हस्तान्तरण गरेकोमा खुसि ब्यक्त गर्दै उक्त भबण जो सुकैले प्रयोग गर्न सक्ने बताउनभयो ।
कार्यक्रममा चन्द्रज्योती माबिका शिक्षक , बिद्यार्थी , विभिन्न राजनीतिक दल, सुरक्षाकर्मी ,पत्रकार, लगायत वडाबासिहरुको बाक्लो उपस्थिति रहेको थियो । भबण निर्माणकर्ता , सहयोगी दातालाई स्थानियले भब्य सम्मान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार