काभ्रे:काठमाडौंबाट रामेछापको बाम्तीभण्डारतर्फ गइरहेको यात्रुबाहक बस बीपी राजमार्गमा दुर्घटना भएको छ। काभ्रे रोशी गाउँपालिका-९ दाउने मोडमा आज बिहान काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३-०१- ००६ ख १३३९ नम्बरको बस दुर्घटना भएको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।
उनका अनुसार बस दुर्घटनामा ११ जना घाइते भएका छन्। उनीमध्ये ४ जनालाई मेथिनकोट अस्पताल र ७ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा पठाइएको प्रहरी निरीक्षक गिरीले बताए। सोलुखुम्बुकी सुन्तली विकको अवस्था गम्भीर रहेको छ।
यात्रुबाहक बस खाँदबारीबाट काठमाडौंतर्फ जाँदै गरेको मे.१ ख ३३९४ नं. को हाइस गाडीलाई ठक्कर दिएर सडकबाट २० मिटर तल खसेको छ। प्रहरीका अनुसार बसमा सवार १५ जना सवार रहेका थिए। बस चालक मंगलटार प्रहरीको नियन्त्रणमा रहेका छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Discussion about this post