प्रेस चौतारी सोलुखुम्बुको अध्यक्षमा राई चयन

सोलुखुम्बु– प्रेस चौतारी नेपाल सोलुखुम्बु जिल्ला शाखाको अध्यक्षमा गार्डेन राई सर्वसम्मत चयन हुनुभएको छ । सल्लेरीमा सम्पन्न छैटौं जिल्ला अधिवेशनले राईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रविण राई, सचिवमा पुष्प श्रेष्ठ, सहसचिवहरूमा भविराज खालिङ र जुनिसा राई र कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ चयन हुनुभएको छ । यस्तै, केन्द्रीय तथा प्रदेश प्रतिनिधिहरूको रूपमा डिल्ली शर्मा, पशी शेर्पा चयन हुनुभएको छ ।
चौतारीका केन्द्रिय सदस्य तथा सोलुखुम्बुका इन्चार्ज नुतन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले जिल्लाको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । पत्रकारहरूको हकहित संरक्षण, प्रेस स्वतन्त्रता प्रवद्र्धन र सोलुखुम्बु जिल्लामा पत्रकारिताको स्तर उकास्न थप कार्ययोजना बनाई अघि बढ्ने नव निर्वाचित कमिटीले जनाएको छ ।
प्रेस चौतारी नेपाल सोलुखुम्बुका निवर्तमान अध्यक्ष डिल्ली शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, प्रेस चौतारीका केन्द्रिय पार्साद, नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला लगाएत जिल्लामा सक्रिय पत्रकारहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार