नेपाल अर्बुद रोग निवारणः भक्तपुर क्यान्सर अस्पताल सरकारलाई हस्तान्तरण

काठमाडौं: स्वास्थ्य मन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचार नेपालमै सर्वसुलभ बनाउन सरकारले तयारी गरिरहेको बताएका छन् । काभ्रेको बनेपामा आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ३४औं केन्द्रीयसभामा मन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

क्यान्सर रोग विरुद्ध जनचेतना फैलाई प्रतिकारात्मक कार्यबाट क्यान्सर रोग न्यूनीकरण गर्न सकिने बताउदै मन्त्री पौडेलले देशभित्रै उपचार सर्वसुलभ बनाउन नीतिगत निर्णयहरु गरेर व्यवहारिक बनाउन प्रारम्भ भएको बताए । केन्द्रीयसभामा नेपाल अर्बुद रोग निवारण संस्थाद्धारा तीन दशक अघि स्थापित नेपालकै पहिलो भक्तपुर क्यान्सर अस्पताल स्वास्थ्य मन्त्री प्रदीप पौडेल मार्फत नेपाल सरकारलाई आधिकारिक रुपमा हस्तान्तरण गरिएको थियो ।

सरकार र संस्थावीच भएको द्विपक्षीय समझदारीपत्र अनुसार सो अस्पताल भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठानादेश, २०७७ बमोजिम सञ्चालन हुनेछ । नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष महेश श्रेष्ठले यसअघि भक्तपुर क्यान्सर अस्पताल सम्बन्धमा नेपाल सरकार र नेपाल अर्बुद रोग निवारण संस्थावीच विवाद रहेकोमा दुई पक्षबीच भएको समझदारीले नेपालमा क्यान्सर रोगको प्रतिकारात्मक र उपचार नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले क्यान्सर रोगको उपचारमा मन्त्री पौडेलको नीतिगत निर्णयहरुको स्वागत गर्नुहुदै स्वास्थ्य क्षेत्रमा क्रमश व्यापक सुधार देखिने बताए । भक्तपुर क्यान्सर अस्पताल सञ्चालनको अनुभव भएको संस्थाले हाल सिरहामा लाहान क्यान्सर सेण्टर र काभ्रेको शीर मेमोरियल अस्पतालमा १० शैय्याको क्यान्सर युनिट सञ्चालन गरिरहेको समेत अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले संस्थाले चाँडै अन्तराष्ट्रियस्तरको डायोग्निष्टिक सेण्टर स्थापना गर्ने र क्यान्सर रोगबाट जीवनको अन्तिम समयमा पुगेका बिरामीका लागि विश्रान्ती गृह निर्माण गरिने समेत बताए ।

संस्थाका महासचिव दिपेन्द्र वान्तवाले देशभरका १५ हजार भन्दा बढी स्वयंसेवकले क्यान्सर रोगबारे सचेतना अभियानमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै आगामी दिनमा देशभर स्वयंसेवक मार्फत जनचेना अभियान सञ्चानल गर्ने तयारी रहेको बताए । केन्द्रीयसभामा पूर्व अध्यक्षहरु कर्ण शाक्य, जीतबहादुर श्रेष्ठ, लोकेन्द्रकुमार श्रेष्ठले नेपालमा क्यान्सर रोगविरुद्ध थालिएका अभियान र संस्थाले पुर्याएको योगदानका बारेमा चर्चा गरे । कार्यक्रममा बागमती प्रदेश सांसद कञ्चन वादे, भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्वल चालिसेले संस्थाको कार्यको प्रशंसा गर्दै आगामी दिनमा क्यान्सर रोग विरुद्धको अभियानमा संस्थाको भुमिका अझ सशक्त बनोस् भनि शुभेच्छा प्रकट गरेका थिए ।

संस्थाको ३४औं केन्द्रीयसभाले अध्यक्षमा दोश्रो कार्यकालका लागि महेश श्रेष्ठसहित १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । उपाध्यक्षहरुमा कृष्णबहादुर बस्नेत, नारायण कोइराला, विमलकुमार होडा, महासचिवमा दिपेन्द्र बान्तवा, उपमहासचिवमा प्रकाश खतिवडा, कोषाध्यक्षमा दिनेश शंकर पालिखे, सहकोषाध्यक्षमा कमल श्रेष्ठ, सदस्यहरुमा डाक्टर प्रकाशराज न्यौपाने, विजेश अवाल, कृष्णप्यारी नकर्मी, भक्तबहादुर बस्नेत, चन्द्रमोहन कुशवाहा, मधुसुदन गैरे चुनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार