चन्द्रज्योति माबिको अबिभाबक भेला तथा नतिजा प्रकाशन

सोलुखुम्बु:लिखुपिके गाउँपालिका वडा नम्बर ५ भकान्जेमा रहेको चन्द्रज्योति माध्यमिक विद्यालयले दोस्रो त्रैमासिक परीक्षाको नतिजा पालिकाको शैक्षिक पात्रोमा उल्लेखित मिति अनुसार आइतबार सार्वजनिक गरेको छ । नतिजा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी तथा अभिभावकहरुको भव्य उपस्थितिमा सार्वजनिक गरेको बिद्यालयले जनाएको छ ।

उक्त नतिजा सार्वजनिक कार्यक्रममा सहायक प्रधानाध्यापक रोशन श्रेष्ठले आगामी दिनमा शैक्षिक गतिविधिलाई मजबुत बनाउँदै अगाडि बढाउने बताउनुभयो।

शिक्षक अभिभावक संघका अध्यक्ष एवं वडा नम्बर पाँचका वडा सदस्य कुमार बस्नेतले आगामी चैतमा हुने एसईई परीक्षामा शतप्रतिशत विद्यार्थी उतिर्ण हुने गरी पठनपाठन गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै प्रधानाध्यापक लाक्पा शेर्पाले अभिभावकहरूले गरेको गुनासोहरुलाई अध्ययन गरेर के कसरी सुधार गर्दै जान सकिन्छ त्यसको विषयमा छलफल गरेर अगाडि बढ्ने बताउनुभयो। त्यस्तै प्रधानध्यापक शेर्पाले प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई बधाई दिँदै एनजी आउँदैमा कुनै बिद्यार्थी फेल नभएको मानिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार