सोलुखुम्बु:लिखुपिके गाउपालिका र सोलु दुधकुण्ड नगरपालिका बिच अन्तर्रपालिका समन्वय बैठकको निर्णय अनुसार सोलु दुधकुण्ड नगरपालिकाले सडक सोलिङ मिलाउनको लागि रोलर उपलब्ध गराएको छ ।

लिखुपिके गाउपालिकाले तेल हाल्ने गरि सोमबार लिखुपिके ५ लामाजुराबाट काम सुरु भएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभयो । सबै वडाको सोलिङ थिच्ने काम गरि मात्र रोलर फर्केने पनि उहाँले बताउनुभयो । रोलर उपलब्ध गराइदिएकोमा सोलु दुधकुण्ड नगरपालिका लाई हार्दिक धन्यवाद ब्यक्त गरिएको पनि उहाँले बताउनुभयो ।
लिखुपिके गाउँपालिका भित्र रहेका अधिकांश सड्कहरु सोलिङ भइसकेकाले यसलाई रोलर मेसिनले थिचेमा साना ठुला ढुङ्गाहरु लेबल भएर सड्क राम्रो बन्ने बिश्वासमा उक्त रोलर ल्याएको गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाल बताउनुभयो ।



















Discussion about this post