सोलुखुम्बु:लिखुपिके गाउँपालिका खेलकुद बिकास समितीको आयोजनामा आजबाट मसिर २८ गतेसम्म लिखुपिके गाउँपालिकाको वडा स्थरीय लिगकम खुल्ला डबल ब्याडमिनण्टन प्रतियोगिता सुरु भएको छ ।
शिक्षा युवा खेलकुद बिकास समिती संयोजक रेखराज बस्नेतको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको प्रमुख आतिथ्यता सँगै वडा अध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृत काजिमान राईको उपस्थितिमा उक्त प्रतियोगिताको उदघाटन भएको छ ।
३ दिन बिहान ६:३० देखि ९:३० सम्म चल्ने प्रतियोगितामा आज भने ५ खेल भएका छन । भोलि ७ वटा लिकचरणका र शुक्रबार २ वटा फाइनल खेल खेलिने जनाइएको छ ।
प्रतियोगितामा बिजय हुने टिमले क्रमश प्रथम नगद रु १० हजारको साथमा शिल्ड,मेडल र प्रमाणपत्र द्वितिय नगद रु ७ हजारको साथमा सिल्ड मेडल र प्रमाणपत्र र नगद रु ३ हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।



















Discussion about this post