सोलुखुम्बु:लिखुपिके गाउपालिका र रिड नेपालद्वारा आयोजित आधारभुत तह शिक्षकको पेसागत बिकास ३ दिने तालिम लिखुपिके गाउपालिकामा सुरु भएको छ। तालिम को उद्घाटन गर्नुहुदै लिखुपिके गाउपालिका अध्यक्ष मिना कार्की बस्नेतले शिक्षक शिक्षिका हरुको क्षमता बिकासको लागि रिड नेपाल संगको सहकार्यमा गाउपालिका ले कुनै कन्जुस्याइँ नगरेको र शिक्षक शिक्षिकाले पनि तालिममा लिएका सिपहरुलाई शिक्षण सिकाइमा हुबहु लागू गर्न पनि निर्देशन दिनुभएको छ ।

तालिममा लिखुपिके गाउँपालिका भित्रका २२ वटै बिद्यालयका शिक्षकहरुको सहभागिता रहेको शिक्षा युवा तथा खेलकुद शाखाका संयोजक रेखराज बस्नेतले बताउनुभयो । साथै उहाँले तालिममा सिकेका कुरा ब्यबहारमा लागू गर्न आग्रह गर्नुभयो ।
आजबाट ३ दिनसम्म संञ्चालन हुने तालिममा आधारभुत तह शिक्षकको पेसागत क्षमतामा सहयोग पुग्ने रीड नेपाल लिखुपिकेका संयोजक राजिब ढुङ्गानाले बताउनुभयो । तालिम हिागंगा माध्यमिक बिद्यालयमा संञ्चालन भइरहेको हो । तालिमा सहभागी शिक्षकहरुले बिगत देखि नै रीड नेपाल तथा शिक्षा शाखाले शिक्षकलाई तालिम प्रदान गरिरहेकामा खुसि भएको बताएका छन ।

उद्घाटन कार्यक्रम लिखुपिके शिक्षा युबा तथा खेलकुद शाखा संयोजक रेखराज बस्नेतको अध्यक्षता तथा गाउपालिका अध्यक्ष मिना कार्की बस्नेतको प्रमुख आतिथ्यता, उपाध्यक्ष ङ्वाङ लाक्पा शेर्पाको बिशेश आतिथ्यता मा सम्पन्न भएको छ ।



















Discussion about this post