रामेछाप:रामेछापको चुचुरेमा अन्दाजी ३ वर्षीया बालिकाको पोखरीमा डुवेर मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका १ चुचुरेस्थित रविना श्रेष्ठकी अन्दाजी ३ वर्षकी छोरी साहिरा बस्नेतको आज पोखरीमा डुवेर मृत्यु भएको हो । बालिकाको घर नजिकै रहेको पोखरीमा डुवेर मृत्यु भएको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक (ईन्स्पेक्टर) कौशल न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार बालिकालाई पोखरीमा डुवेको अवस्थामा फेला पारि तत्काल शिवालय बजारस्थित स्वास्थ्य क्लिनिकमा लगिएकोमा क्लिनिकले मृत घोषणा गरेको थियो । मृतक बालिका खेल्ने क्रममा पोखरीमा गएर डुवेको प्रारम्भिक अनुसन्धानले देखाएको र थप अनुसन्धान भईरहेको ईन्स्पेक्टर न्यौपानेले बताउनुभयो ।
मृतक बालिकाको शव पोष्टमार्टमका लागि दोलखाको जिरीस्थित जिरी अस्पताल पाठईएको रामेछाप प्रहरीले जनाएको छ । दोलखाको जिरी नगरपालिका–३ घर भएकी श्रेष्ठ चुचुरेस्थित माईती गएका बेला घटना भएको हो ।
Discussion about this post