सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा न ३ मा रहेको हिमगंगा माध्यमिक विद्यालयले ७२ औँ वार्षिक उत्सव मनाएको छ । शनिबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको प्रमुख आतिथ्यतामा विद्यालयको ७२ औँ वार्षिक उत्सव मनाएको हो ।

७२ औँ वर्षमा पुगेको विद्यालयले गाउँपालिकाको शैक्षिक क्षेत्रमा ठुलो योगदान गरेको कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभएको छ । उहाँले हिमगगगा मावि गाउँपालिकामै अग्रणी शैक्षिक संस्था भएकाले विद्यालयको बृहत्तर विकासमा गाउँपालिकाले साथ दिने बताउनुभएको छ ।
शनिबार वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण बहादुर बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रेखराज बस्नेत, गाउँपालिकाको वडा नम्बर २, ३ र ४ का अध्यक्षहरू लगायत विद्यार्थी, अभिभावक, शिक्षक लगायत सरोकारवालाको उपस्थिति रहेको थियो । वार्षिक उत्सवका अवसरमा विद्यालयमा अन्य विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू समेत आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा साना नानीहरुको हाजिरी जबाफ तथा हिसाब दौड प्रतियोगिता समेत संञ्चालन भएको बिद्यालय प्रभानध्यापक हेम बहादुर बस्नेतले बताउनुभयो । साथैँ उहाले गएको बर्षदेखि बिद्यालयले बार्षिक उत्सब मनाउँदै आएको र आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।




















Discussion about this post