लिखु हाइड्रोपावर पिडित संघर्ष समिती द्वारा अन्तरक्रिया

सोलुखुम्बु:आयोजना संञ्चालन गर्दा लिखुपिकेमा गाउँपालिकाले ग्रामिण बिधुतीकरण, खानेपानी, शिक्षा क्षेत्र, केन्द्रीय उच्च शिक्षा सुबिधा ,स्वास्थ सम्बन्धि सुबिधा, सिप बिकास , मक्ष बिकास प्रबर्द्धन कार्यक्रम , कृषि र बागमानी बिकास कार्यक्रम ,पर्यटन बिकास कार्यक्रम , महिला बिकास कार्यक्रम ,जनजाति बिकास कार्यक्रम जस्ता थुप्रै सामाजिक काहरु गर्ने भनियता पनि हालसम्म कुनै काम नगरेको हुनाले यि कामहरु गर्न हाइड्रोपावरलाई बाध्य पार्न संघर्ष समितीले बिहिबार लिखुपिके गाउँपालिकाको समीक्षा हलमा लिखुपिके भित्रका सबै बिद्यालयका प्रधानध्यापक सँग छलफल अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा सम्पुर्ण प्रअहरुले लिखुखोलाबासि पिडित जनताहरूको मागमा नैतिक,भौतिक र आर्थिक सहयोग सहितको ऐक्यबद्धता जाहेर गर्ने प्रतिवध्दता गरेका छन । लिखुपिक गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत तथा २,३ र ४ का वडा अध्यक्ष सहित उक्त कार्यक्रम सम्पन्न भएको हो

गएको चैत्र १२ गते लिखु हाइड्रोपावरको कार्यलय लिखुपिके ५ किन्जामा नागारिकका जाहेज मागहरु सहित हाइड्रोपावर पिडित नागारिक संघर्ष समितीले नागारिकका जाहेज माग सम्बोधन गर्न हाइड्रोपावरलाई चैत्र १२ गते नै माग पत्र बुझाएको थियो । चैत्र १६ गते जिल्ला प्रशासन कार्यलय सल्लेरी सोलुखुम्बुले हाइड्रोपावर कम्पनी ,पिडित नागारिक संघर्ष समिती भएको सहमती हालसम्म कार्यन्वयन नगरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार