रामेछाप:उमाकुण्ड गाउँपालिकाले खेलकुदको माध्यमबाट समाजमा आपसी सद्भाव र सहिष्णुता साथै आपसी हार्दिकतालाई कायम राख्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गर्दै स्थानीय तह, जिल्ला, प्रदेश र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पुगोस भन्ने उदेश्यका साथ यहि मसिर १२, १३ र १४ गतेका दिन पर्यटकीय तथा सुन्दरभूमि गाउँपालिकाको वडा नं २ बाम्ती भण्डार स्थित सिद्वेश्वर माध्यमिक विद्यालयकाे खेलमैदानमा उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१, हुने शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत ङावा शेर्पाले बताए ।
कार्यक्रम गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारकाे प्रमुख आतिथ्यमा उपाध्यक्ष सावित्री सुनुवार, सातैवटा वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरू, पालिकास्तरीय राजनीतिक दलका नेताहरू, सातैवटा मावि प्रधानाध्यापक, खेलकुद विकास समितिकाे पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी तथा खेलप्रेमी महानुभावकाे उपस्थितिमा बृहत संस्कृतिक कार्यक्रम सहित हुने उहाँले बताउनुभयो ।
गत बर्ष चौँथो राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता उमाकुण्ड गाउँपालिका वडा न १ गुम्देलमा भएको थियो ।

Discussion about this post