अलैंचीको मूल्य प्रतिमन लाख कट्यो, किसान हर्षित

सोलुखुम्बु:कालो हिराको नामले प्रख्यात अलैंचीको भाउ प्रतिमन (४० किलो)को एक लाख रुपैयाँ नाघेपछि पूूर्वी पहाडका बजार चलायमान हुन थालेका छन् । अलैंची महँगो मूल्यमा बिक्दा बजारमा किनमेलसमेत बढेको हो । अहिले इलाम, पाँचथर, सोलुखुम्बु , खोटाङ र ताप्लेजुङमा अलैंची प्रतिमन एक लाख बढीमा किनबेच भइरहेको छ । व्यापारीका अनुसार ग्रेडअनुसार अलैंचीको भाउ यो मूल्यमा कारोबार भइरहेको हो । जसले गर्दा किसानहरुमा पनि खुशी छाएको छ ।


गतवर्षहरूमा किसानले अलैंची बेचिसकेर व्यापारीका हातमा परेपछि मात्र अलैंचीको भाउ आकाशीने गरेको थियो । किसानले व्यापारीलाई बेचिसकेपछि भाउ बढ्दा व्यापारी मालामाल हुने तर किसानको हातमा थोरै मूल्यमात्र पर्ने गरेको थियो । यो वर्ष भने किसानले बेच्ने बेलैमा अलैंचीको भाउ राम्रो आउँदा किसानले फाइदा लिन पाएका छन् ।
अलैंचीको मूल्यमा आएको वृद्धिले यो वर्ष सबैलाई आशा जगाएको छ । ‘कृषिकर्म गर्दा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने यो पटक अलैंचीको भाउले देखाएको किसानहरू बताउँछन अलैंची जस्तै अन्य उत्पादनमा पनि सरकारले आवश्यक बजारीकारण गरी किसानले उत्पादन गरेका हरेक उपजको उचित मूल्य पाए किसान मैत्री र प्रोत्साहन गर्ने खालको योजना बन्नुपर्ने आवश्यक देखिन्छ । यो कुरामा सम्बन्धित निकायहरु गम्भीर बन्नुपर्ने आजको आवश्यकता बनेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार