घोडा खरिद नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाको आग्रह

सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिकाले घोडा खरिद नगर्न आग्रह गरेको छ । घोडाहरुको चाप बढ्न थालेपछि पर्यटक आवागमनमा असुविधा उत्पन्न हुने भन्दै गाउँपालिकाले नयाँ घोडा खरिद नर्गन आग्रह गरेको हो । गाउँपालिकाले. आज एक सूचना जारी गर्दै निजि घरपालुवा घोडाहरु निकञ्जको कोर क्षेत्रबाट बाहिर आउन थालेको साथै नयाँ घोडा खरिद गर्ने व्यवसायी बढ्न थालेकाले आगामी दिनहरुमा यसको व्यवस्थापन गर्न समस्या हुने भएकाले यस्तो निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले बताउनुभयो ।
गाउँपालिकाको वडा नम्बर ४ र ५ मा रहेका घोडाहरु वडा नम्बर २ र ३ मा झरेकाले पर्यटकीय बाटोमा घोडा हिड्डुल गराउन निषेध गरिएको खण्डमा व्यवसायी धरायसीमा पर्ने भएकाले नयाँ घोडा खरिदमा प्रतिबन्ध लगाइएको गाउँपालिकाल जनाएको छ ।

यस्तै सुचनाको बेवास्ता गरी कुनै नयाँ घोडा खरिद गरेको वा ल्याइएको पाईएमा उक्त घोडाको व्यवसायिक संचालनमा रोक लगाईने गाउँपालिकले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । जसको अनुगमनका लागि गाउँपालिका प्रहरी परिचालन गरिएको छ । सिमित क्षेत्रमा धेरै घोडाहरु हुदा वातावरण समेत दुर्गन्धित हुने तथा पर्यटकहरुलाई समेत असर पर्ने अधिकृत भुसालले बताउनुभयो । घोडा तथा खच्चरको मलमुत्र व्यवस्थापनका लागि पालिकाले बजेट नै विनियोजन गरेर काम अगाडी बढाएको पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार