सिन्धुली:असोज ११ र १२ गते भारी बर्षापछि आएको बाढीले बगाएर क्षति भएको सुनकोसी नदीको पुल निर्माण थालिएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाट जोड्ने सुनकोशी नदीको पुलमा बेलिब्रिज निर्माण थालिएको हो।
सुनकोशी नदीको मोटरेवल पुल बाढीले बगाएपछि तत्काल यातायातका साधन सञ्चालन गर्ने गरी नेपाली सेनाले बेलिब्रिज पुल निर्माण थालेको हो। बेलिब्रिज निर्माणका लागि पाँच वटा ट्रकमा शुक्रबार नै निर्माण सामाग्री खुर्कोट ल्याएको छ। शुक्रबार नेपाली सेनाले हेलिकोप्टरद्वारा सर्वेक्षण गरेपनि शनिबारबाट नेपाली सेनाको प्राविधिकसहितको टोलीले सुनकोशी नदीमा बेलिब्रिज निर्माण थालेको हो।
Discussion about this post