भोलिबाट सल्लेरी लामाजुरा हुँदै काठमाडौ जीप सेवा सुरु

सोलु-लामाजुरा-जिरी -सिन्धुपाल्चोक हुँदै काठमाण्डौँ जिप सेवा सुरु हुने भएको छ ।

मंगलबार सोलुदुधकुण्ड नगरपालिका र यातायात व्यवसायीहरुको समन्यवमा सोलु-लामाजुरा-जिरी -सिन्धुपाल्चोक हुँदै काठमाण्डौँ जिप सेवा सुरु हुने भएको हो । बुधबारबाट सुपर दुधकोशी र दुधकुण्ड यातयात समितिले एक/एक वटा सुमो जिप सल्लेरीबाट काठमाण्डौँका लागि छुटाउने बताईएको छ ।

सल्लेरीबाट करिब २ सय ७५ किलोमिटर लामो यात्रापछि काठमाण्डौँ पुग्न सकिने अनुमान गरिएको छ, भने जिप सेवाको भाडा प्रति यात्रु ३ हजार देखि ३५ सय सम्म लाग्ने जनाइएको छ । यस्तै फाप्लु ट्रान्जिट यातायात प्रालिले पनि भोलिबाट सवारी सञ्चालन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार