सोलुखुम्बु:सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा निर्माणधिन हाइड्रोपावरले सामाजिक उत्तरदायित्व अन्र्तगतको काम नगरेको भन्दै स्थानिय आन्दोलित भएका छन । लिखुखोलामा निर्माणाधिन एमभी दुगड ग्रुपद्वारा निर्माणाधीन हाइड्रोपावरले सामाजिक उत्तरदायित्वमा उल्लेखित सम्झौताअनुरूपका कार्य गर्न अटेरी गरेको भन्दैे उक्त क्षेत्रका स्थानिय आन्दोलित भएका हुन ।

पटक–पटक ताकेता र पत्राचार गर्दा समेत हाइड्रोपावरले उत्तरदायित्व अन्तर्गतका कुनै पनि काम नगरेको सर्घष समितिका अध्यक्ष कैलाश बस्नेतले जानकारी दिनुभयो । दुगड एमभी ग्रुपले सोलुखुम्बु र रामेछापको सीमा लिखुखोलामा नुम्बुर हिमाल २९.९ मेघावाट, ग्लोबल हाइड्रोपावर ५५ मेघावाट र पान हिमाल ७७ मेगावाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ । प्रभावित बासिन्दालाई शेयर तथा बिजुलीको व्यवस्था गर्नुपर्ने, यस अघि भएका सम्झौताको कार्यान्वयण नगरेको अध्यक्ष बस्नेतले बताउनुभयो । हालसम्म कुनै पनि काम तथा वार्ता नभएकाले अगामी दिनमा आन्दोलनलाई अझ कडा बनाउने सर्घष समितीका पोष्ट कुमार कार्कीले बताउनुभयो ।
यस अघि गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जिल्ला प्रहरी कार्यालयदेखि गृह मन्त्रालयसम्मको ध्यानकर्षण गराउनुभएको थियो । गृह मन्त्रालय,वन तथा वातावरण मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग,जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु,जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र रामेछापलाई पत्र लेख्दै उक्त हाइड्रोको काम तत्काल रोक्का राखी श्रोत प्रयोग गरे वापत सम्झौता अनुरुपको उत्तरदायित्व बहन गराईदिन आग्रह समेत गरिएको थियो । गिट्टी,ढुंगा र बालुवाको राजश्व समेत हाइड्रोपावरले नबुझाएका कारण महालेखा परीक्षकको गत आर्थिक वर्षको प्रतिवेदनमा गाउँपालिकाका नाममा बेरुजु उल्लेख गरेको पनि अध्यक्ष बस्नेतद्वारा लिखित पत्रमा उल्लेख गरिएको छ । पत्रमा हाईड्रोपावरका कुनै पनि कामको अनुगमन तथा गुणस्तरमापन सरकारी कुनै पनि निकायबाट नभएको भन्दै त्यसको अधिकार गाउँपालिकालाई दिन पनि अध्यक्ष बस्नेतले माग गर्नुभएको छ ।
यता हाइड्रोपावर कम्पनी भनी कुनै कुरा सुन्न मानिरहेको छैन ।



















Discussion about this post