सोलुखुम्बु :सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा न ५ मा जन्मिएर हाल अस्टे्रलिया रहनुभएको समाजसेबी देबेन्द्र बस्नेतद्वारा लिखुविके गाउँपालिकामा रहेका ४ वटा बिद्यालयका छात्रछात्राहरूलाई बिद्याल झोला बितरण गर्नुभएको छ ।
लिखुपिके १ खहरेमा रहेको रिगेल्मुु आधारभुत बिद्यालय,वडा २ मेस्किमम रहेको चण्डेश्वरी आधारभुत बिद्यालय , वडा न ३ सिरुवामा रहेको सिरुवा आधारभुत बिद्यालय र वडा न ४ खाम्दिङमा रहेको सेती शिंहदेबी आधारभुत बिद्यालयका गरि जम्मा ७० जना छात्रछात्राहरुलाई झोला बितरण गरिएको बिद्यालयले जनाएको छ ।
समाजसेबी बस्नेतलाई आगामी दिनमा पनि यसरी नै सहयोगको अपेक्षा गर्दै बिद्यालयले धन्यवाद ब्यक्त गरेको छ ।






















Discussion about this post