सोलुखुम्बुु-सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा बाल दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ । ६० औँ वाल दिवसको अवसरमा पालिकाको शिक्षा शाखाले आयोजना गरेको बाल दिवस विशृष कार्यक्रममा नृत्य, हाजिरजवाफ तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।
गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको प्रमुख आतिथ्यमामा सम्पन्न कार्यक्रममा बाल दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा नृत्य तर्फको ११ टिमलाई पछाडि पार्दै हिमगङ्गा मावि प्रथम भएको छ । यस्तै द्वितीय स्थान बुद्ध मावि, तृतीय स्थान मञ्जुश्री आधारभुत बिद्यालय र सान्त्वना बुढाकिन्जा आवी र जनसेवा आबिले स्थान हासिल गरेको छ

यता हाजिरजवाफ प्रतियोगितामा ६ टिम सहभागी भएकोमा चन्द्रज्योति माविले प्रथम स्थान हासिल गरेको छ भने द्वितीय र तृतीय, सान्त्वना स्थान क्रमशः हिमगङ्गा मावि, बुद्ध मावि. र बुडाकिन्जा आवीले हासिल गरेका छन । यस्तै वक्तृत्वकला प्रतियोगितामा सहभागी ६ जनालाई पछि पार्दै बुद्ध मावि प्रथम भएको छ भने द्धितीय, तृतीय र सान्त्वना स्थान क्रमशः हिमगङ्गा मावि, बुद्ध मावि, चन्द्रज्योति माविले हासिल गरेका छन ।
३ वटै विधाका प्रतियोगितामा प्रमुख ४ स्थान हासिल गर्ने टिमले समान ६ हजार, ४ हजार, २ हजार र १ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ङवाङ् ल्हाक्पा शेर्पा र प्रमुख प्रशासकीय अधिकृत काजिमान राईको विशेष आतिथ्यता रहेको थियो । गाउँपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू, गाउँपालिकाका शाखाका प्रमुख तथा कर्मचारीहरू, गाउँपालिकाका सबै विद्यालयका प्रधानाध्यापक तथा शिक्षक एवं प्रतिनिधि, विद्यार्थी एवं अभिभावकहरूको उपस्थिति रहेको थियो ।



Previous



















Discussion about this post