लाक्पा डोमालाई भोटको निम्ति रोक्काबाट सहयोग

सोलुखुम्बु:लिखुपिके गाउँपालिका वडा न २ मेस्कीमा जन्मिएर हाल बेलायत निबासी नेपाली सेनाका पुर्ब सेनानी तथा समाजसेवी दिपक रोक्काले हिमाली जिल्ला सोलुखुम्बुको लिखुपिके भकान्जे बाट पहिलो पटक भ्वाईस अफ किड्स सिजन ३ काे भेटल राउन्डबाट लाइभ शोमा प्रवेश गरेकी लाक्पा डोमा शेर्पालाई बढि भन्दा भोटको लागि आर्थिक २५ हजार सहयोग गर्नुभएको छ ।
समाजसेवी रोक्काले सुरुदेखि नै बिदेशी भुमिबाट खल्ती एपबाट भोट गरिसक्नु भएको छ भने अहिले भने उक्त रकमले भोट बढाउन सहयोग मिल्ने भन्दै समाजसेवी तथा पर्यटन ब्यबसायि आङ फुर्बा शेर्पा मार्फत उक्त रकम पठाउनु भएको सिधा प्रेसलाई जानाकारी दिनुभयो ।

भौतिक शरीर प्रदेशमा भए पनि मातृभुमि लिखुपिकेलाई सँधै शिरमा राखेर हिड्ने समाजसेवी रोक्का हरेका ब्यक्तिका दुख कष्ट लाई नजिक बाट देख्ने गर्नुहुन्छ । यदि मात्र हैन उहाँले थुप्रै संघ संस्थाहरुलाई अगाडि बढ्न सहयोग गर्दै आउनु भएको छ । ल्हाक्पा डोमा शेर्पाले भ्वाईस अफ किड सिजन ३ काे भेटल राउन्डबाट लाइभ शोकाे स्थान हासिल गरेपछि अहिले उनलाई भोट माग्ने र सहयोग गर्नेहरू बढदै गएका छन् । शेर्पाको प्रतिभाको यतिबेला सबैतिर चर्चा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार