उमाकुण्ड गाउँपालिकाले वर्षे बिदामा विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्ने

रामेछाप:रामेछापको उमाकुण्ड गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा वर्षे बिदाको समयमा कम्प्युटर कक्षा सञ्चालन हुने भएको छ । गाउँपालिकाले बिहीबार एक सूचना मार्फत गाउँपालिका अन्तर्गतका सबै माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ भन्दा माथिका विद्यार्थीहरूलाई वर्षे बिदाको समयमा दैनिक २ घण्टाको कम्प्युटर कक्षा सञ्चालन गर्न भनेको छ ।

उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जारी गरेको सूचनामा ‘ यस गाउँपालिका अन्तर्गत माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ भन्दा माथिका विद्यार्थीहरूलाई वर्षे बिदाको समयमा लक्षित गरी दैनिक २ घण्टाको दरले न्यूनतम २० जना विद्यार्थीको समूह बनाई १५ दिने कम्प्युटर (अफिस प्याकेज) सम्बन्धी कक्षा सञ्चालन गर्नु हुन जानकारी गराइन्छ’, भनिएको छ ।

विद्यालयले कम्प्युटर कक्षा सञ्चालन गरे पश्चात् विद्यार्थीको हाजिरी र शिक्षकको हाजिरी सहितको कागजात संलग्न राखी भुक्तानीका लागि गाउँपालिकामा पेस गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार