सोलुखुम्बु:ने.क.पा.एमाले लिखुपिके गाउँपालिका कमिटी सोलुखुम्बुको दोस्रो गाउँपालिका अधिबेशन लिखुपिके गाउँपालिकाको सभाहलमा सम्पन भएको छ । नेकपा एमाले लिखुपिके गाउँपालिका कमिटी अध्यक्ष हिक्मत बहादुर बस्नेतको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एव सोलुखुम्बु जिल्ला कमिटी इन्चार्ज किशोर अधिकारीको प्रमुख आतिथ्यता सँगै, सोलुखुम्बु संघिय इञ्चार्ज महेश किराँती, कोशी प्रदेश सदस्य पूर्व राज्य मन्त्री उत्तम कुमार बस्नेत, कोशी प्रदेश सदस्य चरित्र भुजेल,जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोला जिल्ला उपाध्यक्ष आशकुमार राई (शिशीर) , जिल्ला कमिटी सचिब कल्पना राई ,पुर्व कोशी प्रदेश सदस्य पोष्टकुमार कार्की राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य प्रवेश किराँती लगाएत जिल्ला कमिटी सदस्य र यस लिखुपिके गाउँ पालिका पाचै वडाका प्रतिनिधि १८८ र युवा संघका सबै वडाका कार्यकर्ताहरुको उपस्थितिमा उक्त अधिबेशन सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै लिखुपिकेको बिकासको निम्ति एउटा खाका कोर्नुपर्ने पालो नेकपा एमालेको भागमा परेकोले आगामी निर्बाचनमा बहुमतले एमाले बिजय हुने प्रमुख अतिथी समेत रहेका एमाले केन्द्रिय सदस्य किशोर अधिकारीले बताए ।
यस्तै नेकपा एमाले जिल्ला अध्यक्ष डुफ कुमार बाँस्तोलाले
नेकपा एमाले सोलुखुम्बु बासीको पहिलो रोजाइको पाट्री रहेकाले अहिले जिल्ला भर नै बिभिन्न्न पाट्री परित्याग गरि नेकपा एमालेमा प्रबेश गर्ने लहर चलेको बताए । साथै उनले जिल्ला भरका सबै सदस्यहरुको सदस्यता बिबरण अनलाइन प्रणालीमा परिमार्जन गर्न लागिएको पनि बताए । आगामी दिनमा मदन भण्डारी प्रतिष्ठान भवण निर्माण लिखुपिकेमै हुने प्रदेश माननीय बुद्विकुमार राज भण्डारीले पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्ने बताए।

कार्यक्रममा बोल्दै कोशी प्रदेश सदस्य तथा पुर्ब राज्यमन्त्री समेत रहेका उत्तम कुमार बस्नेतले नेकपा एमाले नीति, बिधी,बिधान सँधै चलिरहेको र अरु पाट्री जस्तो लथालिङ्ग अबस्थामा नहुँने बताए । साथै उनेले आगामी दिनमा पाट्रीलाई अझ ब्यबस्थित र सृढित बनाउँदै लैजाना नेता तथा कार्यकर्ताहरुलाई आग्रह तथा सुझाब दिए।
सोलुखुम्बु संघिय इञ्चार्ज महेश किराँतील नेपाली काँगेस,माओवादी केन्द्र तथा अन्य पाट्रीले के गर्यो भन्दा पनि नेकपा एमालेले गतिविधि कस्ता रहेका छन भनेर सबैलाई छर्लङ्ग भएको बताए । साथै उनले आगामी निर्बाचनमा जनताको पाट्री नेकपा एमाले दुई तिहाइ मत प्राप्त गरि नेकपा एमालेले सबै ठाउँमा जित हाँसिल गर्ने बताए । कार्यक्रममा बोल्दै जिल्ला उपाध्यक्ष आशकुमार राइले बालक देखि बुढेउली परेका अनुहाँरले समेत चिन्ने र बिश्वास गर्ने पाट्री नेकपा एमाले रहेको बताए ।

त्यस्तै जिल्ला कमिटी सचिब कल्पना राईले नेकपा एमाले जस्तो शक्तिशाली पाट्री अरु हुनै नसक्ने भन्दै अबको ८४ मा हुने निर्बाचनमा केन्द्र,प्रदेश र स्थानिय तहमा बहुमतको सरकार एमालेको हुने बताईन । कार्यक्रममा कोशी प्रदेश सदस्य चरित्र भुजेल, पुर्ब प्रदेश सदस्य पोष्ट कुमार कार्की लगायतले नबनिर्बाचित लिखुपिके कमिटिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।
दोस्रो गाउँपालिका अधिबेशनले पुन हिक्मत बहादुर बस्नेतको अध्यक्षतामा ३९ सदस्यीय गाउँपालिका कमिटी चयण गरेको छ । नबनिर्बाचित कमिटीलाई प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय सदस्य किशोर अधिकारीले प्रमाणपत्र तथा सपत ग्रहन गराएका हुन । सपत ग्रहन ग्रहन सँगै अध्यक्ष हिक्मत बहादुर बस्नेतले आफुलाई दोस्रो पटक पनि गाउँपालिका कमिटिको अध्यक्ष जस्तो पदिय जिम्मेवारी प्रदान गरेकोमा खुसि ब्यक्त गर्दै संगठलाई बलियो बनाउँन कमिटी भित्रका तथा अन्य कार्यकर्ताहरुले समेत हातेमालो गर्न आग्रह गरे ।

त्यस्तै राष्ट्रिय युवा संग लिखुपिकेको अध्यक्षमा पुन शंखर खड्काको अध्यक्षतामा कमिटी सर्बसहमत चयण भएको छ । भने अन्य संगठन समेत यथावत दोहोरिएको बताईएको छ ।
कार्यक्रममा विभिन्न पाट्री परित्याग गरि केही ब्यक्ति नेकपा एमालेमा प्रबेश गरेको समेत गाउँकमिटी सचिब तेज बहादुर बस्नेतले बताए । पाट्रीलाई अहिलेको अबस्था सम्म ल्याउन महत्त्वपूर्ण भुमिका निर्बाहा गरेको भन्दै कोशी प्रदेश पुर्ब सदस्य पोष्ट कुमार कार्की लगायत ४ जनालाई सम्माण पत्र सहित सम्मानित गरेको थियो ।






















Discussion about this post