लिखुपिके ३ को वडा भेला सम्पन्न

सोलुखुम्बु:लिखुपिके गाउँपालिका वडा ३ को चालु आर्थिक बर्ष ०८०/०८१ को प्रथम,दोस्रो र तेस्रो चौमासिक सम्मको भए गरेका बिकास निर्माणका कामहरुको सार्बजानिक सुनुवाई तथा लिखुपिके गाउँपालिका वडा न ३ को आर्थिक बर्ष ०८१/०८२ का लागि लिखुपिके गाउँपालिकाबाट बजेट सिलिङ रु २५ लाख छनोट भएअनुरुप वडामामा संचालन हुने कार्यक्रमहरुको बारेमा वडा भेला सम्पन्न भएको छ ।

कार्यक्रममा वडा भित्र संञ्चालन गर्नुपर्ने बिकास निर्माणका हरेक कार्यको बारे वडाबासीहरुको उपस्थितिमा आगामी नीति तथा कार्यक्रम तयार पारिएको लिखुपिके गाउँपालिका वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेतले बताउनुभयो । साथै उहाँले बिकासका कामहरु सबै जनमुखि दिगो बिकासमा केन्द्रीत हुने पनि बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले आगामी बजेटमा महिला लक्षित उपाध्यक्ष कार्यक्रम गर्ने बताउनुभयो। उहाँले त्यस्तै उहाँले यो बर्ष गाउँपालिकाबाट वडामा आउने १० लाख बजेट घटनुको कारण गाउँपालिका प्रशासकिय भवणको लागि २ कर‍ोड र ५ सयाँको हस्पिटलको लागि १ करोड छुट्याउने निर्णय भएकाले वडाको बजेट घटाइएको बताउनुभयो ।

वडा भेलामा वडा न ३ मा निर्बाचित वडा सदस्य, वडा सचिब, कृषि तथा पशु शाखाका प्राबिधिक , बिद्यालयका प्रधानध्यापक विभिन्न संघ संस्थाका प्रमुख एबम प्रतिनिधि , सुरक्षाकर्मी ,पत्रकार लगायत वडाबासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार