लिखुपिके ४ को योजना छनोट तथा आठौँ वडा भेला सम्पन्न

सोलुखुम्बु:लिखुपिके गाउँपालिका वडा न ४ को आर्थिक बर्ष ०८१/०८२ का लागि लिखुपिके गाउँपालिकाबाट बजेट सिलिङ रु २५ लाख छनोट भएअनुरुप लिखुपिके गाउँपालिका वडा न ४ मा संचालन हुने कार्यक्रमहरुको बारेमा आठौ वडा भेला सम्पन्न भएको छ । कार्यक्रममा वडा भित्र संञ्चालन गर्नुपर्ने बिकास निर्माणका हरेक कार्यको बारे वडाबासीहरुको उपस्थितिमा आगामी नीति तथा कार्यक्रम तयार पारिएको लिखुपिके गाउँपालिका वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले बताउनुभयो । साथै उहाँले बिकासका कामहरु सबै जनमुखि दिगो बिकासमा केन्द्रीत हुने पनि बताउनुभयो । त्यस्तै बजेट अनुसार हालसम्म वडा न ४ कुनै टिप्पणी उठाउने खालका कामहरु भए त्यसलाई खबरदारी गर्न सक्ने पनि बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले वडा न ४ मा भए गरेका बिकास निर्माणका कामहरु पारदर्शी भएको बताउनुभयो । त्यस्तै उहाँले यो बर्ष गाउँपालिकाबाट वडामा आउने १० लाख बजेट घटनुको कारण गाउँपालिका प्रशासकिय भवणको लागि २ कर‍ोड र ५ सयाँको हस्पिटलको लागि १ करोड छुट्याउने निर्णय भएकाले वडाको बजेट घटाइएको बताउनुभयो ।

वडा भेलामा वडा बासीहरुले आ- आफ्नो टोल लगायतमा गर्नुपर्ने बिकास निर्माणका माग सहितका ११ वटा निबेदन परेको वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले बताउनुभयो ।
कार्यक्रममा वडाबासीहरुले जनसेवा आधारभुत बिद्यालयको अधुरो भवण, अलपत्र ढड्यानी सिचाई लगायतको बिषयमा उपाध्यक्षलाई ध्यानाकर्षण गराएका थिए ।

वडा भेलामा वडा न ४ का निर्बाचित वडा सदस्य, वडा सचिब, कृषि तथा पशु शाखाका प्राबिधिक , वडा प्राबिधिक ,नेकपा एमाले, नेपाली काँग्रेस ,नेकपा माओवादी ,जसपा लगायतका पाट्री प्रतिनिधि, वडा न ४ मा संञ्चालित ३ वटै बिद्यायका बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष तथा प्रधानध्यापक, विभिन्न संघ संस्थाका प्रमुख एबम प्रतिनिधि , सुरक्षाकर्मी ,पत्रकार लगायत वडाबासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार