सोलुखुम्बुमा सबैभन्दा बढी बेरुजु लिखुपिकेलाई

सोलुखुम्बु:सोलुखुम्बु जिल्लाका ८ वटा स्थानीय तहमध्ये जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डमा सबै भन्दा कम बेरुजु देखिएको छ। महालेखापरीक्षक तोयम रायाले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको ६१औँ वार्षिक प्रतिवदेनमा उल्लेख भए अनुसार कुल बजेट १ अर्ब ५४ करोड ४१ लाख २ हजारको लेखा परिक्षण गर्दा नगरपालिकाको कुल बेरुजु रकम २१ लाख ४२ हजार देखिएको छ । यो प्रतिशतका हिसाब ०.१४ प्रतिशत हो।

प्रचलित कानुन बमोजिम पुर्‍याउनुपर्ने रीत पुर्‍याएर कारोबार गर्ने,राख्नुपर्ने लेखा राख्ने,बित्तीय कारोबार मनासिब ढंगले गर्ने संस्था वा निकायको बेरुजु कम हुने जानकारहरु बताउँछन्।बेरुजु भन्नाले प्रचलित कानुन बमोजिम पुर्याउनुपर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनि लेखा परीक्षण गर्दा औंल्याइएको वा ठहर्‍याईएको कारोबार सम्झनुपर्ने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ मा उल्लेख छ।

सोलुखुम्बुमा सबैभन्दा बढी बेरुजु लिखुपिके गाउँपालिकामा रहेको छ।प्रतिबेदन अनुसार गाउँपालिकाको कुल ५३ करोड ९३ लाख ५५ हजार लेखापरीक्षण भएकोमा २ करोड ५२ लाख १८ हजार बेरुजु रकम रहेको छ । यो प्रतिशतका हिसाबले ४.६८ हो।

त्यसैगरी,दोश्रो बढी बेरुजु हुने गाउँपालिका खुम्बु पासाङ ल्हामु हो। गाउँपालिकाको कुल १ अर्ब ८ करोड ७४ लाख १४ हजारको लेखापरीक्षण गरिकोमा ३ करोड १० लाख ६७ हजार बेरुजु रहेको छ ।यो बजेटको २.८६ प्रतिशत हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार