सोलुखुम्बु:सोलुखुम्बुका ल्हाक्पा शेर्पा लामाले २१ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा सफलताका साथ आरोहण गर्नुभएको छ ।
वहाँले ज्येष्ठ १० गते बिहान ११ः५५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको २१ औँ पटक सफलताका साथ आरोहण गर्नुभएको हो । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ तुम्बुकका आरोही शेर्पाले विभिन्न मिति र समयमा २० औँ पटक सगरमाथा आरोहण गरी सक्नुभएको छ ।
सगरमाथा, मकालु, धौलागिरि, मनास्लु, चोयु, लगायत ८ हजार मिटर उचाइका ७ वटा हिमालको सफलताका साथ आरोहण गरेको आरोही शेर्पाको भनाई छ । यस्तै ७ हजार मिटर उचाइका आमाडब्लम, तिलिचो, पुमोरी लगायतका करिब ९ वटा भन्दा हिमालको आरोहण गरेको ल्हाक्पा शेर्पा लामाले जानकारी दिनुभयो ।
सन २००२ बाट हिमाल आरोहण गर्न सुरु गर्नुभएका आरोही शेर्पाले स्वास्थ्य र भाग्यले साथ दिएसम्म हिमाल आरोहणको यात्रा नटुंगीने बताउनुहुन्छ ।



















Discussion about this post