लिखुपिके ५ मा अपाङ्गता स्वास्थ्य शिबिर सम्पन्न

सोलुखुम्बु:सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ मा स्वास्थ परिक्षण अपाङ्गता परिचयपत्र वितरण तथा आवश्यकता पहिचान शिविर सम्पन्न भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र लिखुपिके गाउँपालिकाको संयुक्त साझेदारीमा एवं राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता पुर्नस्थापना तथा रोकथाम कार्यक्रम अन्तर्गतको शिविर सम्पन भएको हाे । शिबिरमा ४१ जना अपाङ्गता भएका ब्यक्तिहरुले अपाङ्गता परिचय पत्र प्राप्त गरेको प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताउनुभयो।

जसमा (क) बर्गको १ पुरुष ४ महिला गरि जम्मा ५ जना (ख) बर्गको ८ महिला १० पुरुष गरि १८ जना ( ग) बर्गको ४ पुरुष ५ महिला गरि ९ जना (घ ) बर्गको ६ पुरुष ३ जम्मा ९ गरि ४१ जनाले अपाङ्गता परिचय पत्र लिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो ।

लिखुपिके गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना शिविर सञ्चालन भएपछि यसले गाउँपालिकामा अपाङ्गता भएकाहरूको संरक्षण र आधारभुत विकासमा टेवा पुग्ने वडा न ५ का वडा अध्यक्ष ङिमाछिरी लामाले बताउनुभयो । साथै अपाङ्गता रोकथामका लागी यो कार्यक्रम प्रभावकारी हुने उहाँको भनाई छ ।
बिगतमा अपाङ्गता परिचय पत्र लिनको लागि जिल्ला पुग्नु पर्ने बाध्यता हटेकोमा वडाबासीहरु खुसि ब्यक्त गर्दै गाउँपालिकाले यो सेवा दिएकोमा खुसि ब्यक्त गरेका छन । आफुलाई पायक पर्ने ठाँउमा सेवा पाउँदा सेवाग्राही पनि हर्षित बनेका छन ।

लिखुपिके गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना शिविर सञ्चालन भएपछि यसले गाउँपालिकामा अपाङ्गता भएकाहरूको संरक्षण र आधारभुत विकासमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभयो । साथै अपाङ्गता रोकथामका लागी यो कार्यक्रम प्रभावकारी हुने गाउँपालिकाअध्यक्ष कार्कीको भनाई छ ।

शिविरमा सामान्य कान नसुन्ने र आँखा नदेख्नुको कारण समेत पहिचान गरिएको करुणा फाउन्डेसन लिखुपिके गाउँपालिका संयोजक पदम बराईलीले बताउनुभयो । शिबिर आजबाट लिखुपिकेका सबै वडामा सकिएको पनि उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार