चट्याङ लागेर खिजीफलाटेमा तीनजना घाइते

ओखलढुंगा:ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर तीनजना घाइते भएका छन् । शुक्रबार अपरान्ह हावाहुरी पानी सँगै परेको चट्याङ लागेर तीनजना घाइते भएका हुन । खिजीदेम्बा गाउँपालिका ५ निवारे टोलमा करिब ५ः४५ बजेको समयमा चट्याङ परेको थियो ।

उक्त चट्याङमा परी खिजीदेम्बा ५ निवारेटोल बस्ने अन्दाजी ४५ वर्षिय दिल माया सुनुवार वडा नं ५ कै चोपुरपला निवासी अन्दाजी ५२ वर्षिय विष्णुमाया सुनुवार र लिखु तामाकोशी गाउँपालिका ६ निवासी अन्दाजी ४० वर्षिय निर्मला सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

घाइतेहरुको स्थानिय स्वास्थ्यचौकीमा उपचार भईरहेको पनि प्रहरीले जनाएको छ । तीनै जना घाइतेको कम्मर मुनीको भाग नचल्ने भएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार