सोलुखुम्बु:लिखुपिके गाउँपालिका वडा नम्बर ३ मा अपाङ्गता परिचयपत्र वितरण तथा आवश्यकता पहिचान शिविर सम्पन्न भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र लिखुपिके गाउँपालिकाको संयुक्त साझेदारीमा एवं राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता पुर्नस्थापना तथा रोकथाम कार्यक्रम अन्तर्गतको शिविर सम्पन भएको हाे । शिबिरमा अपाङ्गता भएका २९ जना ब्यक्तिहरु र अन्य गरि ३१ जना वडाबासीहरुले सेवा लिएको वडा अध्यक्ष धुर्ब बहादुर बस्नेतले बताउनुभयो । जसमा (क) बर्गको १ पुरुष १ महिला २ जना (ख) बर्गको ५ महिला ७ पुरुष गरि १२ ( ग) बर्गको ५ पुरुष (घ ) बर्गको ७ पुरुष महिला ३ महिला पुरुष गरि २९ जनाले अपाङ्गता परिचय पत्र लिएको प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले बताउनुभयो

लिखुपिके गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना शिविर सञ्चालन भएपछि यसले गाउँपालिकामा अपाङ्गता भएकाहरूको संरक्षण र आधारभुत विकासमा टेवा पुग्ने वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेतले बताउनुभयो । साथै अपाङ्गता रोकथामका लागी यो कार्यक्रम प्रभावकारी हुने उहाँको भनाई छ ।
बिगतमा अपाङ्गता परिचय पत्र लिनको लागि जिल्ला पुग्नु पर्ने बाध्यता हटेकोमा वडाबासीहरु खुसि ब्यक्त गर्दै गाउँपालिकाले यो सेवा दिएकोमा खुसि ब्यक्त गरेका छन । आफुलाई पायक पर्ने ठाँउमा सेवा पाउँदा सेवाग्राही पनि हर्षित बनेका छन ।
शिविरमा सामान्य कान नसुन्ने र आँखा नदेख्नुको कारण समेत पहिचान गरिएको छ । यहि प्रकारको शिबिर लिखुपिके १,२,र ४ सम्पन्न भइसकेको तथा वडा न ३ मा पनि आज सम्पन्न भएको करुणा फाउन्डेसन नेपाल लिखुपिके गाउँपालिका संयोजक पदम बराइलीले बताउनुभयो । जेठ ८ गतेबाट सञ्चालन भएको शिबिर १२ गते वडा न ५ मा सम्पन्न सँकै शिबिर सकिने संयोजक पदम बराईलीले बताउनुभयो ।



















Discussion about this post