करुणा फाउन्डेसनले दियो नेतृत्व बिकास तालिम

सोलुखुम्बु-करुणा फाउन्डेसन नेपाल,अपाङ्गता रोकथाम तथा पुनस्र्थापन कार्यक्रम र लिखुपिके गाउँपालिका महिला तथा बालबालिका शाखा लिखुपिके द्वारा आयोजित अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम मिलिजुली समुहका लागि बचत तथा ऋण ब्यबस्थापन तथा नेतृत्व बिकास तालिम लिखुपिके गाउँपालिकामा बुधबार सम्पन्न भएको छ । दुईदिन सम्म संचालन भएको उक्त तालिममा लिखुपिके गाउँपालिका भित्र भएका अपाङ्गता भएका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

तालिममा समूह संञ्चालन गर्दा के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भन्ने बिषयमा धेरै कुराहरु सिक्न पाएको तालिममा सहभागि जिमी फुटी शेर्पाले बताउनुभयो । त्यस्तै तालिममा सहभागी हिमगंगा लिखुरीमाई संस्थाका अध्यक्ष लोकेन्द्र जङ्ग बस्नेत,करुणा फाउन्डेसन र महिला तथा बालबालिका शाखालाई धन्यवाद ब्यक्त गर्दै,क्षमता अभिबृद्वि तालिम संञ्चालन गरेकोमा खुसि ब्यक्त गर्नुभयो । साथै अपांङ्गता भएका ब्यक्तिहरुको समूह संञ्चालन गर्दा कस्ता प्रकारका कामहरु गर्नुपर्छ भन्ने बिषयमा धेरै कुराहरु तालिमबाट सिक्न पाएको र तालिममा सिकेका ज्ञानहरु ब्यबहारमा लागू गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

समुहमा बचत तथा ऋण कसरी संञ्चालन गर्ने समूह संञ्चालन गर्दा के कति खाताहरु संञ्चालन गर्नुपर्छ भन्ने बिषय लगायतमा धेरै ज्ञानहरु प्रदान गरिएको तालिममका प्रशिक्षक नबराज बस्नेतले बताउनुभयो ।

तालिमको समापन गर्दै लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बिगतमा अपांगता भएका ब्यक्ति कति छन भन्ने कुराको बिस्तित जानकारी नभएको खण्डमा करुणा फाउन्डेसनले सहयोग गरेकोमा उक्त फाउन्डेसनलाई धन्यवाद ब्यक्त गर्नुभयो । साथै उहाँले आगामी दिनमा लिखुपिके भित्रका अपाङ्गताको क्षेत्रमा गाउँपालिका थप सेवा सुबिधा उपलब्ध गराउने बताउनुभयो । आगामी दिनमा पनि यस्ता प्रकारका तालिमहरु संञ्चालन गरिने करुणा फाउन्डेसन नेपाल लिखुपिके गाउँपालिका संयोजक पदम बराइलिले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार