सोलुखुम्बु:करुणा फाउन्डेसन नेपाल लिखुपिके ,
र महिला तथा बालबालिका शाखा लिखुपिके गाउँपालिकाको आयोजनामा अपाङ्गता भएका ब्यक्तिहरुको संस्थाका पदाधिकारीहरुको क्षमता अभिबृद्वि सम्बन्धि तालिम लिखुपिके गाउँपालिकाको सभाहलमा सुरु भएको छ । दुइदिन सम्म संञ्चालन हुने उक्त तालिममा लिखुपिके गाउँपालिका भित्र रहेका अपाङ्ग ता भएका ब्यक्ति हरुको हक अधिकार लगायतका विभिन्न बिषयमा जानाकारी गराउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको राष्ट्रिय अपांगता महासंघका बरिष्ठ उपाध्यक्ष तथा तालिमका प्रशिक्षक राम कार्कीले बताउनुभयो । साथै उहाँले सपाङ्गता ब्यक्ति पनि जुनसुकै ब्यक्ति अपाङ्गता हुन सक्ने भन्दै यो तालिम अपांगता भएका ब्यक्ति मात्र नभएर सबैको महत्त्वपूर्ण तालिम रहेको बताउनुभयो । साथै यो तालिमले अपाङ्गता न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेको पनि बताउनुभयो ।
तालिमको उदघाटन गर्दै लिखुपिके गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले तालिममा सिकेका कुराहरु ब्यबहारमा लागू गर्न आग्रह गर्दै दुईदिनसम्म संञ्चालन हुने तालिमको शुभकामना ब्यक्त गर्नुभयो ।
तालिमको उदघाटन गद्दै हिमगंगा लिखुरीमाई अपांगता संस्था लिखुपिकेका अध्यक्ष लोकेन्द्र जंङ्ग बस्नेतले करुणा फाउन्डेसनले लिखुपिकेमा भएका सबै अपाङ्ग ब्यक्तिहरुलाई एकै सुत्रमा बाँधेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै करुणा फाउन्डेसन नेपाल लिखुपिकेका संयोजक पदम बराइलीले यो तालिम पश्चात अन्य तालिम पनि हुने बताउनुभयो ।



















Discussion about this post