रामेछाप-रामेछापको उमाकुण्ड गाउँपालिका वडा न १ थाल्चेको बीच भागबाट शनिबार साँझ बाट सल्किएको आगो रातभर फैलिएको छ । आगोले त्यस क्षेत्रको घाँसे मैदान डढेर सखाप भएको छ ।
रातभर स्थानिय बासिन्दाले आगो निभाउन कोसिस गरेपनि रातीको समय भएकाले आगो अझै पनि नियन्त्रणमा आउन सकिरहेको छैन । आगो के कसरी लागेको छ भन्ने बारेमा खुल्न सकेको छैन । त्यस क्षेत्रबाट अन्यत्र आगो फैलिन नदिन सबैसँग स्थानियले सहयोगको हारगुहार गरेका छन ।



















Discussion about this post