सोलुखुम्बु-आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्म ञ्चालन हुनेछ ।
यस वर्ष सोलुखुम्बुमा नियमिततर्फ १२ सय ८३ जना परीक्षार्थीहरू सहभागी भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ ८० जना विद्यार्थी सहभागी छन् । जिल्लामा ९ वटा परीक्षा केन्द्रमा नौ जना केन्द्र अध्यक्ष तोकिएको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ ।
उहाँका अनुसार परीक्षा केन्द्रमा हिमाल दर्शन क्याम्पस, संस्कृत विद्यापीठ क्याम्पस, जीवन ज्योति माध्यमिक विद्यालय, जनजागृति माध्यमिक विद्यालय, सोलुखुम्बु बहुमुखी क्याम्पस, बासा खाली माध्यमिक विद्यालय, सोताङ पब्लिक क्याम्पस, कालिका माध्यमिक विद्यालय र जुभिङ माध्यमिक विद्यालय रहेको छ ।
यस्तै केन्द्रध्यक्षमा अशोक कुमार शर्मा, लोकनाथ दाहाल, प्रभुराम बस्नेत, जनक कुमार थापा, उद्धव थापा, मान बहादुर राई, महेन्द्र ठाकुर, इन्द्र प्रसाद तिमिल्सिना र सङ्गीता भण्डारी रहेको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ ।



















Discussion about this post