बिष्णु खड्का सोलुखुम्बु: जननी जन्मभुमी स्वर्गयासी अर्थात आफ्नो जन्मभुमिलाई मायाँ नगर्ने सायदै बिरलै होलान । भौतिक शरीर परदेश भएपनि भौतिक मन चाहिँ सँधै लिखुपिके रहिरहने समाजसेबी तथा नेपाली सेनाका पुर्ब सेनानी दिपक रोक्का आफ्नो जन्मभुमी गाउँको फेदैमा शुसेली हाल्दै बगिरहने लिखुखोला बगर बन्दा मन भक्कानिएको सुनाउँनुहुन्छ । अनि त्यहि खोलामा निर्माण कम्पनीले उक्त क्षेत्रमा गर्नुपर्ने सामाजिक उत्तदायित्व तर्फका कामहरु कुनै पनि नगरेको देख्दा र लिखुपिके गाउँपालिकाका सबै बौद्विक ब्यक्तित्व अनि घर टोलबाट नै जनता लाग्दा अब पक्कै हाइड्रोपावरले गर्नुपर्ने कामहरु गर्छ भन्दै जनताका मागलाई निष्कर्षमा पुर्याउन आर्थिक सहयोग स्वरूप (पचास हजार) हाइड्रोपावर पिडित संघर्ष समितीको सिटिजन बैकको खातामा सहयोग पठाईदिएको बताउनुहुन्छ ।
यता दिनरात हाइड्रोपावरले गर्नुपर्ने सामाजिक काम गराउन हाइड्रोपावर पिडित संघर्ष समिती निरन्तर घर टोलका नगारिक सचेत गराउँदै गर्दा समाजसेवी तथा नेपाली सेनाका पुर्ब सेनानी रोक्काले गरेको सहयोग प्रति धन्यवाद ब्यक्त गरेको उक्त संघर्ष समितीले जनाएको छ । साथै समाजसेवी , पुर्ब सेनानी रोक्कालाई थप प्रगतीको कामना सहित आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको हाइड्रोपावर पिडित संघर्ष समितीका कोष अध्यक्ष नारायण बहादुर बस्नेत ( नबराज) बताउनुहुन्छ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा न २ मेस्कीमा जन्मनु भएका समाजसेवी तथा नेपाली सेनाका पुर्ब सेनानी दिपक रोक्काले दिन दुखिको होस अथवा अन्य,ब्यक्तिगत ,समाजिक लगायत थुप्रै काममा सहयोग गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ मैले मोबाइलमा हेर्ने भनेकै मेरो लिखुपिके हो । मेरो जन्मभुमीमाथि कुनै अन्याय नहोस् । अत्याचार नहोस् । भ्रष्टाचारको गन्ध नआओस् । शान्ति होस् । सदाचार होस् । भाइचारा नमरोस् । उहाँलाई हाम्रो पनि धेरै शुभकामना ।




















Discussion about this post