सोलुखुम्बुमा चौँरी तथा याक महोत्सव सम्पन्न

सोलुखुम्बु:लिखुपिके गाउँपालिकामा सञ्चालित चौँरी तथा याक महोत्सव आज सम्पन्न भएको छ । याक तथा चौँरी व्यवसायी सङ्घ सोलुखुम्बुको आयोजनामा वैशाख ४ गतेदेखि सुरु भएको महोत्सव बिहिवार सम्पन्न भएको हो ।
‘याक बचाऔँ हिमाल जोगाऔँ’ भन्ने मूल नाराका साथ लोपोन्मुख चौँरी पालन पेसालाई प्रवर्द्धनका गर्ने उद्देश्य सहित मङ्गलवार सुरु भएको महोत्सवको लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले उद्घाटन गर्नुभएको थियो ।
कृषि र पर्यटनलाई टेवा दिने चौँरी पालन पेसाको प्रवर्द्धनका गर्न गाउँपालिकाले आगामी नीति तथा कार्यक्रममा यसको सम्बोधन गर्ने पालिका अध्यक्ष बस्नेतको भनाई छ ।
याक तथा चौँरी प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यविधि निर्माण गरिने याक तथा चौँरी व्यवसायी सङ्घ सोलुखुम्बुका अध्यक्ष थुतोप दोर्जी शेर्पाले बताउनुभयो ।
अध्यक्ष शेर्पाले हिमाल र चौँरी एक अर्काको परिपूरक रहेको बताउँदै चौँरी बचाउनका लागि शेर्पा समुदाय मात्र नभई जिल्लावासीको समेत ध्यान जानुपर्ने बताउनुभएको छ । वहाँले चौँरीलाई प्रवर्द्धनका लागि चौँरी महासङ्घको समेत गठन गरिएको बताउँदै भावी दिनमा चौँरीको विस्तार हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

महोत्सवमा लिखु पिके गाउँपालिकाका २० जना कृषकका र सोलु दूधकुण्ड नगरपालिकाका १५ कृषकका चौँरी ल्याइएको थियो । महोत्सवमा चौँरीका साथै चौँरीबाट उत्पादन हुने स्थानीय उत्पादन जस्तै चिज घ्यू, छुर्पी प्रदर्शनमा राखिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार