समाजसेवी बस्नेतद्वारा बिद्यालयलाई सहयोग

सोलुखुम्बुको लिखुपिके ५ किन्जामा जन्मिएर हाल अष्ट्रेलिया निवासी, लिखुपिके ३ मा रहेको हिमगंगा माध्यमिक विद्यालयका सल्लाहकार, सामाजसेवी, बौद्धिक ब्यक्तित्व देबेन्द्र बस्नेतले हिमगङ्गा माध्यामिक बिद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले २ थान डेल कम्पनीको ल्यापटप हस्तानतरण गर्नुभएको छ ।

हाल अय्टेलियामा रहे पनि आफ्नो जन्मभुमि प्रति सँधै मायाँ गरिरहने समाजसेबी बस्नेतले आगामी दिनमा पनि यसरी नै सहयोग गर्ने जनाउनुभयो ।
समाजसेबी बस्नेतको यो सहयोगलाई विद्यालय परिवारले आभार व्यक्त गर्दै यहाँको भावी जीवन निरोगी, सुखद र सामाजिक बनोस भन्दै थप प्रगतिको कामना समेत गरेको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष नारायण बहादुर बस्नेत (नबराज) ले बताउनुभयो । सहयोग स्वरुप दिएको उक्त ल्यापटपलाई सहि सदुप्रयोग गर्ने प्रतिबद्धता समेत बिद्यालयका प्रधानध्यापक हेम बहादुर बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार