रामेछाप:उमाकुण्ड गाउँपालिका र वडा नं ५ काे प्रायाेजन तथा उमाकुण्ड खेलकुद विकास समितीकाे आयाेजनामा “समृद्धिशील र सुखी उमाकुण्ड हाम्रो सपना, खेलकुदसँग पर्यटन विकास हाम्रो चाहाना” भन्ने संकल्पका साथ सरस्वती माध्यमिक विद्यालय उमाकुण्ड गाउँपालिका वडा नं ५ सेतुधाराकाे खेलमैदानमा बैशाख ३-५ गते सम्म संचालन हुने खुल्ला पुरूष भलिबल प्रतियोगिताकाे उद्घाटन समारोह उमाकुण्ड खेलकुद विकास समितिकाे अध्यक्ष शुदिप सुनुवारकाे अध्यक्षता, गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवारकाे प्रमुख आतिथ्यम तथा गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामा, राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षहरू, कार्यपालिका तथा वडा सदस्यहरू, विव्यस अध्यक्ष, प्रअ, शिक्षक, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूकाे भव्य उपस्थितिमा खेलकुद कार्यक्रम उद्घाटन भई खेल शुरू भएको छ ।

उद्घाटन कार्यक्रममा सुनुवार समुदायका विभिन्न संस्कृतिक झाँकी, आमा समुहका माैलिक नृत्य, सरस्वती स्काउटका कलात्मक प्रस्तुति र विद्यार्थी भाईबहिनीहरूको नृत्य सहित शुरू भएको छ । साे खुल्ला पुरूष भलिबल प्रतियोगितामा १० टिमकाे सहभागीता रहेको छ । खेलकुद कार्यक्रम बैशाख ५ गते समापन हुने आयोजकले जनाएको छ ।




















Discussion about this post